कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानमा भारी हिमपातको सम्भावना छ ।

गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा तथा बाँकी पहाडी तथा हिमाली भागका १-२ ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका १-२ ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

गएराति काठमाण्डौ उपत्यकासहित थोरै ठाउँमा हल्का वर्षा भएको छ । आज राति देशभर आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका १-२ ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?