यातायात विभागका हाकिमलाई कालो मोसो दल्ने हल्लापछि सुरक्षा तैनाथि

twitter sharing button
sharethis sharing button

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट जडानको विरोधमा हाकिमलाई मोसो दलेर दुर्व्यवहार गर्ने तयारी गरिएको हल्लापछि यातायात व्यवस्था विभागको सुरक्षा कडा पारिएको छ ।

मिनभवनस्थित विभागको कार्यालयमा गेटदेखि महानिर्देशकको कार्यकक्षसम्मै प्रहरी तैनाथ गरिएको हो । अहिले यहाँ जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

एक प्रहरी अधिकारीले भने, ‘महानिर्देशक सरले सुरक्षा व्यवस्था कडा बनाउनु भनेर भन्नु भएको छ । त्यसैले आज गेटबाट भित्र जाँदा कडाइ गरिएको हो ।’

कडाइ गर्नुको कारणबारे उनले खुलाउन चाहेनन् । अत्यावश्यक लाइसेन्स प्रिन्टका लागि आएका मान्छेलाई पनि कामको विवरण खुलाएर मात्र भित्र जान दिइएको छ ।

विभागमा महानिर्देशक सहित कर्मचारीहरूको बैठक बसिरहेको छ ।

अहिले इम्बोस्ड नम्बर जडानसम्बन्धी सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको छ । यद्यपि जडान अनिवार्य भएको तर तत्काल जडान नगरे दण्ड वा जरिवाना भनेर भ्रम फैलाइएको विभागले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?