- गङ्गा सागर खड्का ।
- नेपाल प्रेस खबर;
प्रवासी नेपाली सम्पर्क मञ्च महाराष्ट्र राज्य पुणेको विशेष आयोजनामा महिलाहरूको महान पर्व हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाल सम्पर्क मञ्च पुणेको स्वार्गेट नगर समितिद्वारा आयोजित उक्त कार्यक्रम उद्यान मङ्गल कार्यालयमा आज सम्पन्न भएको हो । प्रवासमा छरिएर रहनुभएका र विभिन्न पेशा व्यवसायी र मजदुरी गर्दै आउनुभएका नेपाली दाजुभाई र सयौं नेपाली दिदीबहिनीको व्यापक र उत्साहजनक उपस्थितिको बीच आज यो कार्यक्रम सम्पन्न भएको हो । महाराष्ट्र राज्यभित्र हरेक वर्ष हरेक समूह संघ संस्थाले तीज विशेष कार्यक्रमको आयोजना गरी व्यापक र सभ्य ढङ्गबाट आयोजना हरु सम्पन्न गर्दै आएका छन् । प्राय: गरेर ( सुन्दर सुदुरपश्चिम ) पश्चिमी देउडा संस्कृति र पश्चिममा गाइने सस्कृती नाचिने तीज गीत प्रदर्शन गरिएको थियो । प्रदेशमा रहेर लामो समयदेखि कलाकारिता गर्दै आएका आयुषका बा र आयुषकी आमाको जोडीले दर्शकलाई स्टेजमा नाच्न बाध्य पारेका थिए । अत्यन्तै मेहनती कलाकार आयुष का बा पछिल्लो समय निकै दर्शकको माझमा लोकप्रिय कमाउँदै आएका छन् । उनको जोडी यतिबेला सामाजिक सञ्जालमा पनि भाइरल देख्न सकिन्छ ।
नेपाली कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका खातिर प्रदेशमा पनि विभिन्न संघ संस्था र कलाकारहरु तल्लिन रहेको पाइन्छ । उक्त कार्यक्रममा पश्चिमका विभिन्न जिल्लाबाट महाराष्ट्रमा मजदुर गर्दै आएका विभिन्न आमा समूहहरुले पनि आफ्नो नाच र गीत प्रस्तुत गरेका थिए । प्रदेशमा भएपनि गाउँको झल्को र झझल्कोलाई चटक्कै मेटाउने खालको सहभागिता र सौहाद्रपूर्ण माहोलमा हरितालिका तीज २०८२ सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रवासमा रहेर विभिन्न क्षेत्रमा र समस्यामा परेका नेपालीहरूको हक र हितको लागी सधैं साथ र सहयोग गर्ने व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा सम्मानका साथ स्वागत गरिएको थियो ।
कार्यक्रमलाई थप सुरक्षित बनाउनको लागी स्थानीय प्रहरी तथा ब्राउनसरहरूलाई पनि हलमा व्यवस्थापन गरिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता अशोक टमाटा र कार्यक्रमको प्रमुख अतिथि तथा कार्यक्रम सञ्चालक सुरेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।


