अर्घाखाँचीमा शिक्षा विस्तार भए पनि विद्यार्थी किन घट्दैछन् ? बाबुराम शर्मा

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा शिक्षाको विकास भए पनि युवाहरू अवसरको खोजीमा बाहिरिँदा शैक्षिक संस्थामा विद्यार्थी घटेका छन्।
  • शिक्षित जनशक्तिलाई जिल्लामै टिकाउन स्थानीयस्तरमा रोजगारी र अवसरहरूको सिर्जना गर्न जरुरी छ।
  • पाठ्यक्रमलाई स्थानीय स्रोत, उद्यम र जीवनशैलीसँग जोड्न सके मात्र युवा पलायन रोक्न सकिन्छ।

अर्घाखाँची । अर्घाखाँची कुनै समय शिक्षाका लागि ‘बनारस’ भनेर चिनिने जिल्ला भए पनि पछिल्लो समय जिल्लाका शैक्षिक संस्थामा विद्यार्थीको संख्या घट्दै गएको विषयमा बाबुराम शर्माले चिन्ता व्यक्त गरेका छन्।


शर्माका अनुसार अर्घाखाँचीको साक्षरता दर करिब ८१ प्रतिशत पुगेको छ। शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भए पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी तथा युवा रोजगारी र राम्रो अवसरको खोजीमा जिल्लाबाहिर जाने क्रम बढेपछि स्थानीय क्याम्पस तथा शैक्षिक संस्थाहरूमा विद्यार्थी अभाव देखिन थालेको उनको भनाइ छ।


उनका अनुसार बुटवल, काठमाडौंलगायतका सहरतर्फ हुने बसाइँसराइ अर्घाखाँचीको शिक्षा क्षेत्रमा देखिएको प्रमुख चुनौती हो। जिल्लामा शिक्षित जनशक्ति उत्पादन भए पनि त्यही जनशक्तिलाई स्थानीयस्तरमै टिकाउन सक्ने रोजगारी र अवसर सिर्जना हुन नसक्दा समस्या थपिएको शर्माले बताएका छन्।


‘पाठ्यक्रमले स्थानीय जीवन बुझ्नुपर्छ’

राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझाव संकलन भइरहेको सन्दर्भमा शर्माले पाठ्यक्रमलाई स्थानीय आवश्यकता र जीवनसँग जोड्नुपर्नेमा जोड दिएका छन्।


उनको भनाइमा विद्यार्थीले आफूले किन पढिरहेको छु र पढिसकेपछि त्यसको उपयोग कहाँ गर्ने भन्ने कुरा बुझ्ने गरी पाठ्यक्रम निर्माण हुनुपर्छ।
शर्माले स्थानीयस्तरका स्रोत, सम्भावना, उद्यम, रोजगारी र जीवनशैलीसँग शिक्षालाई जोड्न सके विद्यार्थीले आफ्नै गाउँ–ठाउँमा पनि भविष्य देख्न सक्ने बताएका छन्।


उनका अनुसार अहिलेको चुनौती केवल साक्षरता बढाउनु मात्र होइन, शिक्षित जनशक्तिलाई स्थानीय अर्थतन्त्रसँग जोडेर जिल्लामै टिकाउने वातावरण निर्माण गर्नु पनि हो।


शिक्षाले स्थानीय आवश्यकता र सम्भावनालाई सम्बोधन गर्न नसके विद्यार्थीको अध्ययन सहरमुखी बन्ने र त्यससँगै गाउँबाट युवा पलायन हुने क्रम अझ बढ्न सक्ने शर्माको धारणा छ।


अर्घाखाँचीमा शिक्षा क्षेत्रको विकाससँगै स्थानीय रोजगारी र अवसर सिर्जना गर्न नसकिएको अवस्थालाई उनले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

उनका अनुसार अबको शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई स्थानीय जीवन, उत्पादन र रोजगारीसँग जोडिने खालको हुन आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?