बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

समाचार सारांश
Auto Generated by AI
  • सुदूरपश्चिम प्रदेशका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
  • प्रदेश सरकारले ल्याएको बजेट र त्यसलाई पारित गर्ने प्रक्रियाप्रति उनले असन्तुष्टि जनाएका छन्।
  • थापाले बुझाएको राजीनामा पत्र सभामुखबाट हालसम्म स्वीकृत भइसकेको छैन।

नेपाल प्रेसखबर | असोज २८, २०८३
धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का नेता वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्।


पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका थापाले मंगलबार प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएपछि उनले राजीनामा दिएका हुन्।


प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले बजेट हतारमा पारित गर्न नहुने र बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्न पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका थिए।


समाचार स्रोतहरूका अनुसार एमाले संसदीय दलको बैठकमा बजेटबारे आफ्नो धारणा राख्न नपाएपछि उनी थप असन्तुष्ट बनेका थिए। बजेट निर्माण तथा पारित गर्ने प्रक्रियाप्रति असहमति जनाउँदै उनले पदबाट राजीनामा दिने निर्णय गरेको बताइएको छ।


यद्यपि, थापाले बुझाएको राजीनामा पत्र हालसम्म स्वीकृत भइसकेको छैन। राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा प्रदेशसभा सभामुख तथा सम्बन्धित पक्षबाट निर्णय हुन बाँकी रहेको छ।


बजेटलाई लिएर सुदूरपश्चिम प्रदेशमा सत्तारूढ दलभित्रै असन्तुष्टि देखिँदै आएको थियो। थापाको राजीनामाले प्रदेशको राजनीतिक वृत्तमा थप चर्चा सिर्जना गरेको छ।
नेपाल प्रेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?