हमासले सार्वजनिक गरेको ४८ जना बन्दकको तस्बिर (सुचिमा) बिपिन जोशी पनि ।

काठमाण्डाै – प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरे पछी एउटा खुसी जस्तो सन्देश बाहिरीएको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन ।

हमासले तस्वीर सार्वजनिक गरेर बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायलले भने यसलाई प्रोपोगान्डाको रूपमा लिएको छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्वीर सार्वजनिक गरेको हो । विपिनसहित ४८ जना दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?