कोशी र बागमती प्रदेशको पहाडी भूभागका १-२ स्थानमा भारी वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज देशभर मनसुनी वायुको प्रभावले सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना छ।
  • राति कोशी र बागमतीका पहाडी भेगमा मुसलधारे वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ।

जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका १/२ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका १/२ ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

त्यस्तै आजराति कोशी र बागमती प्रदेशको पहाडी भागका १/२ ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?