पाणिनी गाउँपालिकाद्वारा नागरिकलाई समयमै सेवा तथा जिम्मेवारी पूरा गर्न आग्रह

समाचार सारांश
Auto Generated by AI
  • पाणिनी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता र समयमै कर भुक्तानी गर्न नागरिकलाई आग्रह गरेको छ।
  • फोहोर व्यवस्थापन, खाद्य स्वच्छता, प्लास्टिकको प्रयोग र पशु व्यवस्थापनमा सचेत रहन सुझाइएको छ।
  • भूकम्प प्रतिरोधी संरचना निर्माण र बालश्रम निषेध लगायतका नियम पालना गर्न गाउँपालिकाको अपिल छ।

अर्घाखाँची, १२। पाणिनी गाउँपालिकाले गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै विभिन्न सार्वजनिक सेवा, सरसफाइ, कर भुक्तानी, वातावरण संरक्षण तथा सुरक्षित निर्माणसम्बन्धी विषयमा सचेतनामूलक सूचना जारी गरेको छ।


गाउँपालिकाले जारी गरेको सूचनामा जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटना समयमै दर्ता गर्न, गाउँपालिकालाई तिर्नुपर्ने कर तथा शुल्क समयमै भुक्तानी गरी जिम्मेवार नागरिकको परिचय दिन आग्रह गरिएको छ।


त्यसैगरी जथाभावी फोहोर नफाल्न, गाउँघर तथा सार्वजनिक स्थान सफा राख्न, म्याद गुज्रिएका वा सडेगलेका खाद्यवस्तुको बिक्री–वितरण तथा प्रयोग नगर्न, पशुचौपायालाई जथाभावी नछाड्न तथा ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला र प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न समेत अनुरोध गरिएको छ।


गाउँपालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा विशेष ध्यान दिन, घर तथा अन्य संरचना निर्माणअघि आवश्यक नक्सा तथा स्वीकृति लिएर मात्र निर्माण कार्य गर्न र छिमेकीलाई असर नपुग्ने गरी निर्माण गर्न आग्रह गरेको छ।
यस्तै, १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा नलगाउन, खुला रूपमा राखिएको तथा अस्वच्छ खानेपानी वा खाद्यवस्तुको खरिद–बिक्री नगर्न तथा घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरी फोहोर संकलन कार्यमा सहयोग गर्न पनि गाउँपालिकाले सबै नागरिकसँग अपिल गरेको छ।


पाणिनी गाउँपालिकाले नागरिकको सक्रिय सहभागिता, जिम्मेवारीपूर्ण व्यवहार र कानुनी प्रावधानको पालना भएमा स्वच्छ, सुरक्षित, व्यवस्थित र समुन्नत गाउँपालिका निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?