काठमाडौँ, पोखरा, विराटनगर, धरान, जनकपुरलगायतका सहरमा मध्यम वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज देशभरको मौसम बदली भई सबैजसो सहरमा वर्षाको सम्भावना छ।
  • तराई क्षेत्रमा वर्षासँगै गर्मीबाट केही राहत मिल्ने अनुमान गरिएको छ।
  • केही स्थानमा चट्याङसहित मध्यम वर्षा भए पनि तराईका कतिपय क्षेत्रमा तातो हावा कायमै रहनेछ।

जल तथा मौसम विज्ञान विभागले बुधबारका लागि सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार आज देशभरको मौसम बदली भई सबैजसो सहरमा वर्षा हुने सम्भावना छ।

तराई क्षेत्रमा केही दिनयता देखिएको अत्यधिक गर्मीबाट आज केही राहत मिल्ने देखिन्छ । त्यहाँ पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ। आज कुनै पनि सहरको मौसम पूर्ण रूपमा सफा रहने छैन।

यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको तराई भूभागका १-२ स्थानमा समेत हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। वर्षाको सम्भावना रहे तापनि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा भने तातो हावा चल्ने र अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको छ।

महाशाखाका अनुसार आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। राति मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा मौसम प्रभावित हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आज मिति २०८३ ज्येष्ठ २७ गते बुधवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २६ गते मंगलबार दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?