लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ।

बुटवल । सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । निर्वाचनका बेला कार्यकर्ताको विश्वास राख्ने नेताहरुले नै यति महत्वपूर्ण जिम्मेवारीका लागि सांसदले परिवारका सदस्यलाई मात्र उपयुक्त मानेर नियुक्ति दिएका छन् ।ग्लोबल आवाजलाई प्राप्त जानकारी अनुसार लुम्बिनी प्रदेशका कम्तीमा २० सांसदले श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज, काका , बहिनीलाई स्वकीय सचिव बनाएर नायब शुब्बास्तरको तलब राज्य कोषबाट खुवाइसकेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा ८ जना सांसदहरुले भने अहिलेसम्म स्वकीय सचिव नियुक्त गरेका छैन् । लुम्बिनी प्रदेशसभाको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ अनुसार सांसदका स्वकीय सचिवले नायब सुब्बाको बराबरको ३४ हजार ७७० रुपैयाँ तलब पाउँछन् ।स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा एमालेका ७, कांग्रेसका ५, माओवादीका ३, जनमत पार्टीका २, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीका १/१ जना सांसद छन् ।

आफन्तसहित सबै स्वकीय सचिवका नाममा संसद् सचिवालयबाट तलब समेत गइसकेको छ ।आफन्तलाई नियुक्त गर्नै नहुने भन्ने छैन । विषय विज्ञता, योग्यता र क्षमताका आधारमा जोकोही पनि सांसदको स्वकीय सचिव बन्न पाउँछ । तर, सांसदहरुले आफ्न्तलाई नियुक्त गरेर कुनै काम नै नगरी राज्य कोषको दुरुपयोग गरेका छन् । केही सांसदले राखेका नातेदार स्वकीय सचीव काठमाडौमा बसेर अध्ययन गर्ने गरेका छन । तर, उनीहरुले कुनै काम नै नगरी प्रदेशसभाबाट नायब सुब्बा बराबरको तलब खाएका छन् । आफ्न्तलाई स्वकीय सचिवमा राखे पनि निर्वाचन क्षेत्रमा काम गर्ने गरी राख्नुलाई अन्यथा मान सकिदैँन् । तर, केही सांसदहरुले आफ्न्त स्वकीय सचिव राखेर बिना काम राज्य कोषको रकम दोहन गरेका छन् ।

रुपन्देहीकि शान्ति लोधले छोरा रामचन्द्र लोध, भगवती कुमारी चौधरीले छोरी पुजा केवट, देवीप्रसाद चौधरीले श्रीमति मिना चौधरी, र भोजप्रसाद श्रेष्ठले भतिज किशोर श्रेष्ठ, सिके गुप्ताले भाइ पवन गुप्ता र गिता गुरुङले भान्जा अर्जुन गुरुङलाई स्वकीय सचिवमा राखेका छन् ।यस्तै बाँकेकी सांसद अम्बिका काफ्लेले आफ्नी दिदी विना काफ्लेलाई स्वकीय सचिव राखेकी छिन् । बाँकेकै शुशिला वादीले आफ्ना श्रीमान्लाई राखेकी छिन् । बर्दियाका सांसद राजकुमार चौधरीले काका हलिराम चौधरी र कृष्णा कुशमा थारुले भजित जितेन्द्र थारुलाई स्वकीय सचिवमा राखेका छन् ।

नेकपा माओवादीका संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो भजित लुङबहादुर महरालाई स्वकीय सचिवमा राखेका छन् भने रुकुमकी दिलकुमारी बुढाले भदैनी (दाईकी छोरी) लाई राखेकी छिन् ।दाङका अनुराग खड्काले भतिज प्रशान्त खड्का, रेखा कुमारी शर्माले छोरी निरा शर्मा र प्युठानका सरोज थापाले श्रीमति उपमा केसीलाई स्वकीय सचिव राखेका छन् । कपिलबस्तुका अजुर्न कुमार केसीले श्रीमति सरला केसी, मधुसुदन हरण चौधरी कुर्मीले राजेश कुर्मी र नवलपरासी पश्च्मिका विश्वप्रेम पाठकले छारी शान्ति पाठकलाई स्वकीय सचिवमा राखेका छन् । यस्तै अर्घाखाँचीका रामजी घिमिरेले स्वकीय सचिवको रुपमा आफ्ना छोरा शिसिर घिमिरेलाई नियुक्त गरेका छन् ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले परिवारको सदस्य नै राखे काम गर्ने र राजनीतिमा क्रियाशिल रहेकोलाई राख्न आग्रह गरेको बताउँछन् । ‘सासंदहरुको धेरै काम हुन्छ । त्यसकारण स्वकीय सचिव राख्नु परेको हो । परिवारका सदस्य नै राखे पनि तलब राखे मात्रै त राख्नु भएन् । काम गर्ने राखे जसलाई राखे नि भयो । अहिले पार्टीको कार्यक्रममा धेरै व्यस्त भएकाले यस बारे छलफल भएको छैन् । तबल खाने काम नगर्नेलाई राख्नु भएको भएँ । पार्टीले हटाउन निर्देशन दिन्छ ।’

–उनले भने ।नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले स्वकीय सचिव कसलाई राख्ने भने अधिकार सांसदहरु भएको र जसलाई राखे पनि कामै नगरी सेवा सुविधा लिन नहुने बताउँछन् । ‘स्वकीय सचिवमा आफ्न्त राख्नै नहुने भन्ने त होइन् । जुन उद्देश्यका लागि राज्यले सांसदलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ त्यो गर्ने व्यवस्था भित्र रहेर काम जसलाई पनि राख्न त पाइन्छ । सो उदेश्य भन्दा बाहिर भए पार्टीले हटाउन निर्देशन दिन्छ ।’

–उनले भने।नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले पनि पारिवारको सदस्य राखे पनि राजनीतिमै सक्रिय भएकोलाई राख्नु पर्ने बताउँछन् । ‘सार्वजनिक पदमा रहेपछि सांसहरु स्वयम् जिम्मेवार र नैतिकतामा रहनु पर्छ । कामै नगरी सेवा सुविधा लिने गरी स्वकीय सचिव राखेको भेटिए । उहाँहरुलाई पार्टीले ध्यानाकर्षण गराउँछ ।’–उनले भने ।

यस्तो छ लुम्बिनी प्रदेशका सांसदका स्वकीय सचीवको विवरण हेरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?