आज मिति २०८३ साल कार्तिक महिनाको १६ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • धेरै राशिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सफलता मिल्ने संकेत देखिएको छ।
  • परिवारको साथ र सहयोगले विभिन्न कार्यमा सकारात्मक प्रभाव पर्नेछ।
  • केही राशिका लागि बोलीमा संयम अपनाउनु र सावधानीपूर्वक निर्णय लिनु आवश्यक छ।

मेष : राज्यको तर्फबाट साथ र सहयोग मिल्ने छ । स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ । परिवारको साथ मिल्ने छ ।

वृष : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्ने छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।

मिथुन : स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : तपाईंको बोलीले साथीभाइ रुष्ट हुन सक्छन् । अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ । जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ ।

कन्या : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन् । अरुको द्वन्द्व देखेर मन शान्त बन्ने हुन सक्छ । चिसोबाट बच्नु फाइदा हुनेछ ।

तुला : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । संकटमा परिवारको साथ मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । आज खर्च बढ्ने छ । स्वास्थ्यमा भने सुधारका संकेत देखिने छन् ।

धनु : दिन राम्रो छ । स्वदेशमै सेवाको अवसर मिल्ने छ । समाजसेवामा समय बिताउनुहुनेछ ।

मकर : सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा नतिजा तपाईको पक्षमा छ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ । शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ ।

मीन : समय सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?