अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिल्लास्तरीय प्रशिक्षणात्मक भेला सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • सन्धिखर्कमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिल्लास्तरीय प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ।
  • नेता सन्तबहादुर नेपालीले वर्तमान दलाल पुँजीवादी व्यवस्था अन्त्यका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको बताउनुभयो।
  • भेलाले आगामी मङ्सिर महिनाभित्र पार्टीको जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ।

सन्धिखर्क । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा जिल्लास्तरीय प्रशिक्षणात्मक भेला सन्धिखर्कमा सम्पन्न भएको छ।
२०८३ असोज १७ गते आयोजित प्रशिक्षण भेलाको उद्घाटन गर्दै पार्टीका स्थायी समिति सदस्य तथा संविधानसभा सदस्य सन्तबहादुर नेपालीले नेपालको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाबारे धारणा राख्नुभएको थियो।
सम्बोधनका क्रममा नेपालीले नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा विशेषगरी औपनिवेशिक अवस्थामा रहेको दाबी गर्दै देशको अर्थ–राजनीतिक व्यवस्था दलाल पुँजीवादी रहेको बताउनुभयो। उहाँले यस्तो अवस्थाको अन्त्यका लागि नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै नेपालीले पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका विषयमा पनि टिप्पणी गर्नुभयो। उहाँले ‘जिन्जी आन्दोलन’का नाममा साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले प्रायोजित षड्यन्त्रमार्फत सत्ता कब्जा गरेको आरोप लगाउँदै वर्तमान सरकार ती शक्तिहरूको कठपुतलीका रूपमा अघि बढिरहेको दाबी गर्नुभयो।
उहाँले ‘द ग्रेजोन’ पत्रिकाको रिपोर्टले समेत उक्त विषय पुष्टि गरेको दाबी गर्दै देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताउनुभयो। यस्तो अवस्थामा देशभक्त, जनतान्त्रिक, वामपन्थी, बुद्धिजीवी तथा आम नागरिकलाई सचेत र सजग रहन उहाँले आह्वान गर्नुभयो

कार्यक्रमलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो इन्चार्ज नरेन्द्रबहादुर थापाले समेत सम्बोधन गर्नुभएको थियो।
भेलाले आगामी मंसिर महिनासम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ। कार्यक्रममा ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीका सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
स्रोत : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिल्ला समिति अर्घाखाँची
नेपाल प्रेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?