दाङमा लगातार ३ दिनको झरी पछी एक्कासी चलेको हावाहुरीले तुलसीपुर ३ बल्लेमा घर गोठ भत्काईदिएको छ

समाचार सारांश
Auto Generated by AI
  • तुलसीपुर ३ बल्लेमा लगातारको वर्षापछि आएको हावाहुरीले एक घर र तीन गोठ भत्काएको छ।
  • हावाहुरीका कारण घरको छानो उडिनुका साथै बिजुलीको पोल ढलेर ठूलो क्षति भएको छ।
  • घटनामा कुनै मानवीय क्षति नभएको र वडाध्यक्षले क्षतिको विवरण पुष्टि गरेका छन्।

तुलसीपुर १० असोज २०८३ शनिवार | असोज ८ गते साँझ देखी लगातार परेको झरी पछी एक्कासी आएको हावाहुरीले १ घर र ३ वटा गोठ भत्काईदिएको छ | ३ दिनको लगातर झरी पछी एक्कासी आएको हावाहुरीले तुलसीपुर ३ बल्ले निवासी ८१ वर्षीय दयाराम पुन को १ वटा घर र

एक गोठ भत्काईदिएको छ भने सो ही स्थानका धन बहादुर वली र ईन्द्रकली पुनको एक एक वटा गोठ भत्काईदिएको कुरा स्थानीय धनबिर पुनले राप्ती पहिचान लाई बताए | तुलसीपुर ३ बल्ले तुलसीपुर उपमहानगरको अत्यन्तै बिकट गाउँ हो | अली अली पानी परी रहेको थियो म घर भित्रै

बसी रहेको बेला एक्कासी ठुलो बेगले आएको हुरीले मेरो घरको छानो उडाएर लग्यो ८१ वर्षीय बृद्द घर धनी दयाराम पुन ले हामी संग कुरा गर्दै घटना बारे भने | यता यही बिषयमा के भएको हो भनी तुलसीपुर ३ का वडा अध्यक्ष बिर बहादुर बि क लाई फोन गरेर सोध्दा मानबिय क्षती

नभएको ३ वटा गोठ र एउटा घरमा छाना छाउन लगाइएको जस्तापाता हावाहुरीले उडाईदिएको र घर गोठ भत्काईदिएको कुरा बताए | जस्ता पाता उडाएको हुरीले घर नजिकै को बिजुलीको पोल पनी ढालेको छ | धन्न भाग्य पोल माथी तिर परेर ढले छ तल तिर परेको भए त्यो पोल घरमा

पर्ने थियो र घरमा बिजुलीको पोल परेको भए मानविय क्षती समेत हुन् सक्थ्यो स्थानीय बिर बहादुर बुढा मगरले हाम्रा समाचारदाता संगको कुराकानीमा बताए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?