सुरुङमा फसेका नागरिकको जीवितै उद्धार सम्भव भयो : ज्ञानेन्द्र शाही

समाचार सारांश
Auto Generated by AI
  • सुरुङमा फसेका नागरिकको उद्धारका लागि ज्ञानेन्द्र शाहीले सरकारलाई निरन्तर दबाब दिएका थिए।
  • उद्धारमा ढिलाइ भएको भन्दै उनले सरकारको तयारी र उपकरण व्यवस्थापनमाथि प्रश्न उठाएका थिए।
  • दिनपछि नेपाली सेनाले नागरिकको जीवितै उद्धार गरेपछि उनले सबैलाई धन्यवाद व्यक्त गरे।

सुरुङमा फसेका नागरिकको जीवितै उद्धार सम्भव भयो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि आफूहरूले सरकारलाई निरन्तर दबाब दिएको बताएका छन्।

शाहीका अनुसार सुरुङभित्र मानिस फसेको जानकारी पाएलगत्तै सम्बन्धित निकायसँग समन्वय गर्दै तत्काल उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्न सरकारलाई दबाब दिइएको थियो।

उनले सुरुङको अवस्था र आवश्यक प्राविधिक जानकारीसमेत सरकारलाई उपलब्ध गराइएको बताएका छन्।

उनले उद्धारमा ढिलाइ भएको भन्दै सरकारको तयारी र उपकरण व्यवस्थापनप्रति प्रश्नसमेत उठाएका थिए।

अन्ततः झन्डै १० दिनपछि नेपाली सेनाको टोलीले सुरुङभित्र फसेका नागरिकलाई जीवितै उद्धार गर्न सफल भएपछि शाहीले खुसी व्यक्त गर्दै उद्धारमा संलग्न नेपाली सेनालगायत सबैलाई धन्यवाद दिएका छन्।

शाहीले भनेका छन्, “हामी चुप लागेर बसेनौँ, सरकारलाई निरन्तर दबाब दियौँ।” उनका अनुसार विपद्को समयमा राजनीतिक विवादभन्दा नागरिकको जीवन बचाउनु सबैभन्दा महत्वपूर्ण विषय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?