राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ।
  • इच्छुक उम्मेदवारले आवेदन दिएपछि चार चरणको विशेष मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्नेछ।
  • आर्थिक लेनदेन र गुटबन्दी रोक्न कडा आचारसंहितासहित आन्तरिक निर्वाचनबाट उम्मेदवार छानिनेछन्।

रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ रूपरेखा सार्वजनिक गरेको छ।


-मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुकले पहिलो चरणमा सम्बन्धित पालिका वा वडा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ।


-आवेदनपछि उम्मेदवारले चार चरणको मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्नेछ।
-पहिलो चरणमा २५ प्रतिशत भाराङ्क रहेको ‘लिडरशिप एकेडेमी’ को परीक्षण अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।


-दोस्रो चरणमा २५ प्रतिशत भाराङ्कको ‘पोलिटिकल प्रोक्सिमिटी’ मार्फत जनसम्बन्ध र लोकप्रियताको मूल्याङ्कन गरिनेछ।
-तेस्रो चरणमा १० प्रतिशत भाराङ्क ‘समावेशी सम्बोधन’ लाई दिइएको छ।
-चौथो तथा अन्तिम चरणमा ४० प्रतिशत भाराङ्क रहेको पार्टीको आन्तरिक निर्वाचन हुनेछ।
-आन्तरिक मतदानमा क्रियाशील सदस्य, साङ्गठनिक कमिटीका प्रतिनिधि तथा विशिष्ट नेताहरू मतदाता रहनेछन्।


-उम्मेदवार छनोट प्रक्रियामा आर्थिक लेनदेन, धाँधली तथा गुटबन्दी रोक्न कडा -आचारसंहिता लागू गरिएको रास्वपाले जनाएको छ।
-असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट सिधै उम्मेदवार चयन गर्न सकिने व्यवस्था पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?