रूपन्देहीमा लाइसेन्स सम्बन्धी नयाँ अनलाइन लागू अब घरबाटै फारम, परीक्षाको मिति गर्न सकिने

समाचार सारांश
Auto Generated by AI
  • रुपन्देही यातायात कार्यालयले सवारी चालक अनुमति पत्रका लागि नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।
  • सेवाग्राहीले घरबाटै आवेदन, राजस्व भुक्तानी र परीक्षाको मिति चयन गर्न सक्ने सुविधा थपिएको छ।
  • यस प्रविधिले कार्यालयमा हुने भिडभाड कम गर्दै सेवालाई छिटो, पारदर्शी र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ।

रुपन्देही यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र), रुपन्देहीले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत रहेको उक्त कार्यालयले सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउन यो कदम चालेको हो। कार्यालयले शुक्रवार एक सूचना जारी गर्दे सो बारे जानकारी गराएको हो ।

कार्यालयका अनुसार सेवाग्राहीले अब edlvrs.lumbini.gov.np वेबसाइटमार्फत नयाँ प्रणाली प्रयोग गरी विभिन्न सेवाहरू लिन सक्नेछन्। प्रणाली भर्खरै सुरुवाती चरणमा रहेकाले केही प्राविधिक त्रुटिहरू देखिन सक्ने र तिनको तत्काल समाधान भइरहेको समेत कार्यालयले जनाएको छ।

नयाँ प्रणालीका मुख्य विशेषता तथा सुविधाहरू:
कार्यालय धाउनु नपर्ने सेवाहरू: नयाँ लाइसेन्स दर्ता, वर्ग थप (Category Add), नवीकरण तथा प्रतिलिपि लिनका लागि अब सेवाग्राही कार्यालय आउनुपर्ने छैन। (यद्यपि, तोकिए बमोजिमको मेडिकल जाँच भने गराउनुपर्नेछ)।

परीक्षाको मिति आफैँ चयन गर्न सकिने: नयाँ तथा वर्ग थपका लागि आवेदन दिने सेवाग्राहीहरूले सोही प्रणालीमार्फत आफू अनुकूल लिखित र ट्रायल (प्रायोगिक) परीक्षाको मिति रोज्न सक्नेछन्।

अनलाइनबाटै राजस्व भुक्तानी: नयाँ वर्ग पास, वर्ग थप पास तथा रि-ट्रायलको राजस्व प्रणालीमा रहेको APPLICATION TRACKING मार्फत सहजै भुक्तानी गर्न सकिनेछ।

विवरण सच्याउने र प्रमाणीकरण: आवेदन वा लाइसेन्समा रहेका आवश्यक विवरणहरू सच्याउनका लागि प्रणालीमा रहेको LICENSE UPDATE प्रयोग गरी स्वयं प्रमाणीकरण (SELF VERIFY) गर्न सकिनेछ।

लाइसेन्स प्रमाणीकरण: नयाँ प्रणालीमा राजस्व भुक्तानी प्रक्रिया पूर्ण रूपमा सुरु भएपछि प्रमाणीकरण सम्बन्धी काम पनि अनलाइनबाटै सम्पन्न हुनेछ।

प्रविधिको प्रयोगसँगै कार्यालयमा हुने अनावश्यक भीडभाड हट्ने, बिचौलियाको प्रभाव घट्ने र सेवाग्राहीको समय तथा खर्चको बचत हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?