पदमा अर्यालको प्रश्न सुनसरीमा गोली चल्दा प्रधानमन्त्री आउछ की आउदैन

समाचार सारांश
Auto Generated by AI
  • सुनसरी घटनाको जिम्मेवारी लिँदै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको एमालेको आरोप छ।
  • हिजोको जस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन भनी पदमा अर्यालले प्रश्न गरेकी छिन्।
  • प्रधानमन्त्रीले संकटको समयमा नेतृत्व लिन नसकेको र सरकारले कुनै पहल नगरेको भन्दै आलोचना गरिएको छ।

पदमा अर्यालको प्रश्न- सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा आउछ की आउदैन ?


काठमाडौँ नेकपा एमालेले सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ की छैन भन्ने प्रश्न गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी नेतृ पदमा अर्यालले सुनसरी घटना दुखद भएको भन्दै सरकारले शान्ति कायम गराउन भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् ।

सांसद आर्यालले हिजो काठमाडौँमा गोली चल्दा तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन्छन या हुदैनन्, राजीनामा आउछ की आउदैन भन्ने प्रश्न गरेकी छन् ।

उनले प्रधानमन्त्रीले संकटको समयमा अगाडी आएर नेतृत्व लिन नसकेको भन्दै प्रधानमन्त्री पद सिंहदरबारमा सजाउनको लागि नबनाइएको बताइन ।

;उनले विगतमा पनि यस्ता घटना हुदा तत्कालिन सरकारहरुले समाजमा सद्भाव कायम गर्न सफल भएको उल्लेख गर्दै अहिले सरकारले कुनै किसिमको पहल कदमी नलिएको भन्दै आलोचना गरेकी थिइन् । सांसद अर्यालले विपद व्यवस्थापन बारे समेत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?