सुनसरीको देवानगन्ज घटनाप्रति नागरिक शक्ति नेपालको गम्भीर ध्यानाकर्षण

समाचार सारांश
Auto Generated by AI
  • सुनसरीको देवानगन्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
  • सबै नेपालीलाई सामाजिक सद्भाव कायम राख्दै संयम अपनाउन र अफवाहबाट टाढा रहन अपिल गर्दछौँ।
  • घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछौँ।

सुनसरीको देवानगन्ज घटनाप्रति नागरिक शक्ति नेपालको गम्भीर ध्यानाकर्षण

सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनामा एक युवाले ज्यान गुमाउनु परेको तथा सर्वसाधारण र सुरक्षाकर्मीसहित कैयौँ व्यक्ति घाइते भएको घटनाप्रति नागरिक शक्ति नेपाल गहिरो दुःख व्यक्त गर्दछ।

यस घटनामा ज्यान गुमाउनु भएका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

नेपाल विविध धर्म, जाति, भाषा र संस्कृतिले सम्पन्न सनातनी राष्ट्र हो। सामाजिक तथा धार्मिक सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो। त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम अपनाउन, कुनै पनि प्रकारका अफवाह, उत्तेजना र घृणालाई अस्वीकार गर्दै सामाजिक तथा धार्मिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकता कायम राख्न नागरिक शक्ति नेपाल हार्दिक अपिल गर्दछ।

नागरिक शक्ति नेपाल नेपाल सरकारसँग उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय सुनिश्चित गर्न जोडदार माग गर्दछ। साथै, घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गरिनुका साथै आवश्यक क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था तत्काल गर्न सरकारसँग आग्रह गर्दछौँ।

यस संवेदनशील परिस्थितिमा सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिकलाई शान्ति, संयम र जिम्मेवारीका साथ प्रस्तुत भई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र विधिको शासनको रक्षा गर्नु आज सम्पूर्ण नेपालीको साझा दायित्व हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?