‘पेपर लिक’ घटनामा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गर्ने मोदीको घोषणा

समाचार सारांश
Auto Generated by AI
  • भारतका प्रधानमन्त्री मोदीले पेपर लिक गर्ने दोषीलाई कडा कारबाही गर्ने घोषणा गरेका छन्।
  • दोषीलाई छिटो सजाय दिन सरकारले फास्ट ट्रयाक अदालत गठन गर्ने भएको छ।
  • युवाको भविष्य सुरक्षित राख्न सरकारले यस्तो कदम चालेको प्रधानमन्त्रीले बताएका छन्।

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पेपर लिक’ का घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गरिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले देशका युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । उनले प्रश्नपत्र चुहावटका सबै घटनामा दोषीलाई सकेसम्म छिटो कडा सजाय दिलाइने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने बताएका छन् ।

मोदीका अनुसार यस सम्बन्धमा सम्बन्धित मन्त्रालय, विभाग तथा अधिकारीहरूलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकिएको छ । उनले विद्यार्थीको हित संरक्षणका लागि सरकारले लिइरहेका निर्णयमध्ये यो एउटा महत्वपूर्ण कदम भएको पनि बताएका छन् ।

प्रधानमन्त्रीको यो घोषणा राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा ककरोच जनता पार्टीको नेतृत्वमा विद्यार्थी तथा युवाहरूले प्रश्नपत्र चुहावटका घटनाविरुद्ध प्रदर्शन गरिरहेका बेला आएको हो ।

मोदीले भनेका छन्-

‘देशका युवाको हित र उनीहरूको भविष्य हाम्रो सर्वोच्च प्राथमिकता हो । प्रश्नपत्र चुहावटका सबै घटनामा दोषीलाई सकेसम्म छिटो कडा सजाय सुनिश्चित गर्न तथा मुद्दाको द्रुत सुनुवाइ र टुंगो लगाउन विशेष द्रुत अदालत गठन गरिनेछ। यस सम्बन्धमा सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाउने सुनिश्चित गर्न निर्देशन दिइसकिएको छ । विद्यार्थीको हित सुरक्षित गर्ने उद्देश्यले सरकारले लिइरहेका निर्णयहरूको शृङ्खलामा यो एउटा महत्वपूर्ण कदम हो । युवाको भविष्यसँग खेलबाड गर्ने कुनै पनि व्यक्तिलाई कुनै हालतमा छुट दिइने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?