नागरिक शक्ति नेपालद्वारा “देशका शत्रु” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिराटनगर, मोरङ :- नागरिक शक्ति नेपालद्वारा मोरङ जिल्ला, बिराटनगरमा “देशका शत्रु” विषयमा प्राज्ञिक व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको सभापतित्व प्रख्यात प्राज्ञिक व्यक्तित्व प्रा.डा. भेष प्रसाद धमलाले गर्नुभएको थियो। पार्टीको तर्फबाट नीतिगत धारणा प्रस्तुत गर्दै पार्टी अध्यक्ष श्री देवप्रकाश त्रिपाठीज्यूले देशको राजनीतिक अवस्थाबारे स्पष्ट धारणा राख्नुभयो भने वरिष्ठ उपाध्यक्ष श्री मनोहर लाल श्रेष्ठज्यूले देशका रोग र तिनको समाधानबारे गहन विचार प्रस्तुत गर्नुभयो। महासचिव श्री सुभास प्रसाद पाण्डेज्यूले देशका शत्रुका प्रवृत्ति र मापदण्डबारे प्रष्ट व्याख्या गर्दै कार्यक्रमको एजेन्डालाई सुदृढ बनाउनुभएको थियो।

विशेष आतिथ्य ग्रहण गर्दै श्री मुकुल ढकालज्यूले “देशका शत्रु” विषयमा स्पष्ट र गहन विचार प्रस्तुत गर्नुभएको योगदानका लागि नागरिक शक्ति नेपालले गहिरो आभार प्रकट गरेको छ।

यसैगरी, पार्टीका केन्द्रीय सदस्य श्री गोपाल नेपालज्यूको सक्रिय भूमिकाप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी भई विचार–विमर्श गर्नुभएका सम्पूर्ण प्राज्ञिक व्यक्तित्वहरूलाई पनि पार्टीले कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रमको सुरक्षाको जिम्मेवारी निर्वाह गरी सफल बनाउन सहयोग पुर्‍याएका प्रहरी अधिकारी तथा जवानहरूलाई समेत नागरिक शक्ति नेपालले हार्दिक धन्यवाद जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?