क्रिप्टो कारोबार आरोपमा चितवनबाट एक जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • चितवन प्रहरीले क्रिप्टो मुद्रा र अनलाइन सट्टेबाजीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
  • अभियुक्तको मोबाइलमा लाखौँ मूल्यको क्रिप्टो र सट्टेबाजीको कारोबार भेटिएको छ।
  • प्रहरीले निजविरुद्ध थप अनुसन्धानका लागि म्याद थप गरी कारबाही अघि बढाएको छ।

काठमाडौँ । चितवन प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–६ खोलेसिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठको साथबाट बरामद गरिएको रेड्मी कम्पनीको मोबाइलमा अनलाइन सट्टेबाजीमा रकम जम्मा गर्ने र झिक्ने प्रयोजनका लागि प्रयोग हुने ‘मोबक्यास’ अनुप्रयोग फेला परेको प्रहरीले जनाएको छ। उक्त खातामा २ लाख ७९ हजार सीमा रकम र १३ लाख ८२ हजारमौज्दात रहेको तथा पछिल्लो तीन महिनामा ३८ लाख ९५ हजार बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्को एप्पल कम्पनीको मोबाइलमा रहेको ‘बाइनान्स’ अनुप्रयोगमार्फत ३३ हजार १५० अमेरिकी डलर (करिब ५० लाख ९८ हजार) बराबरको अभौतिक मुद्रा कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठविरुद्ध अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?