
- हाल देशभर मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा वर्षा भइरहेको छ।
- दिउँसो र राति देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
- मनसुन सक्रिय भई विपद् बढ्न सक्ने भएकाले सतर्क रहन मौसम विभागले अनुरोध गरेको छ।
काठमाडौं, २८ असार आइतबार प्रकाशित समाचार नेपाल प्रेस खबर
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकांश बादल लागेको छ ।
कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थान,मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति भने कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही र बाँकी हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा। सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ।
यस कारण मनसुन सक्रिय भई देशभर भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा विपद्का घटनाहरू बढ्न सक्ने जोखिम रहेकोले कृपया आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

