लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेश सभाको आजको बैठक स्थगित गरिएको छ।
  • बजेटमा सहमति नजुटेपछि प्रदेश सरकारको आग्रहमा बैठक सारिएको हो।
  • अब अर्को बैठक असार २१ गतेका लागि बोलाइएको छ।

असार १७ बुधबार प्रकाशित समाचार नेपाल प्रेस खबर

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।

आज दिँउसो १ बजेका लागि बोलाइएको बैठक प्रदेश सरकारको आग्रहमा स्थगित गरिएको हो । अर्को बैठक असार २१ गते बोलाइएको प्रदेश सभा सचिवालयको सूचना अधिकारी कमला पोखरेल पौडेलले बताइन् । 

‘आज बैठक बोलाइएकोमा सरकारको अनुरोधमा स्थगित भएको छ । अर्को बैठक असार २१ गते बोलाइएको छ’,उनले भनिन् । असार १२ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बैठक हिजो सूचना जारी गरेर आजका लागि बोलाइएको थियो । 

तर, बजेटमा सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?