आशिकाले टिकट पाएपछि रास्वपामा खटपट, पार्टी कार्यालयमै लफडा

आशिका तामाङलाई टिकट दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा लफडा भएको छ ।

आज रास्वपाले धादिङ क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा आशिकालाई अघि बढाउने निर्णय गरेको थियो । उक्त क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी, रामकुमार थपलिया लगायत आकाङ्क्षी थिए ।

रास्वपा नेता गणेश पराजुलीले पार्टी कार्यालयमा आशिकालाई धादिङ क्षेत्र नं १ को टिकट थमाएपछि त्यहाँ पुगेका ती नेता कार्यकर्ताहरुले आशिकालाई बोकेर हिँड्न नसक्ने भन्दै आपत्ति जनाएका हुन् ।

त्यहाँ उपस्थित रास्वपा थाँक्रे गाउँपालिकाका सभापतिले आफूहरुले राजनीतिमा धेरै दु:ख गरेको बताउँदै पार्टीले अन्याय गरेमा राजीनामा दिने चेतावनी दिए ।

उनले प्रश्न गर्दै भने- ‘म थाँक्रे गाउँपालिकाको सभापति, राजीनामा दिन परे पनि तयार छु । तपाईँ राम्रो मान्छे हो, नमस्कार गरिन्छ, तपाईंँले राम्रो काम गर्नु भा छ तर तपाईँले जुन होटलवालाहरुलाई भिडियो बनाउनु भएको छ, ती सब होटलवालाहरुले भोट हाल्ने हो कुरा बुझ्नुभएको छ ?’

बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका उनीहरुले आशिकाकै अघि आफूहरुले सहयोग नगर्ने चेतावनी समेत दिएका थिए।

केही नबोली आशिका पार्टी कार्यालय भवनभित्र प्रवेश गरेकी थिइन् ।

तर आशिकाको तर्फबाट गएकी एक महिलाले भनिन्- ‘राजनीतिमा लागेर टाउको फुटाएँ रे ! हामीसँग आँखा फुटाएको भाई छ । अब उसलाई दिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?