अर्थमन्त्री खनालको इमेल पहलमा कर्मचारी समस्यामा छिटो समाधान

काठमाडौं, – अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत आफ्ना मन्त्रालय मातहतका कर्मचारीले घूस माग्ने वा काममा ढिलाइ गरेबारे सिधै आफूलाई ईमेल गर्न आग्रह गरेपछि ६ घण्टाभित्र १६६ वटा ईमेल प्राप्त भएका छन्। प्राप्त समस्यामध्ये तीनवटा महत्वपूर्ण समस्या तत्काल समाधान भएका छन् भने बाँकीमा पनि आवश्यक कदम चालिएको छ।

समाधान भएका समस्या यसप्रकार छन्:

  • कोशी प्रदेशको म्याङलुङ नगरपालिकामा तलब नपाएको कर्मचारीहरूले अब तलब पाउन थालेका छन्।
  • तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नगरी पेसागत समस्याहरू सिर्जना गरेको पाइएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको छ।
  • कर फिर्ता गर्दा दुई प्रतिशत कमीशन माग्ने कर्मचारी विरुद्ध अख्तियारमा पठाउनुपर्ने कुरा उठेपछि तत्काल उक्त समस्या समाधान गरिएको छ।

अर्थमन्त्री खनालले यस पहलमार्फत कर्मचारी व्यवस्थापनमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइरहेको बताएका छन्। यसले सरकारी सेवामा सुधार र जनताको विश्वास दिने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?