नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत ५ दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ७७ हजार २०० त्यतिनै चाँदीको मोल रु ५ हजार ६४५ कायम भएको छ । बिहीबार १ तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ४८५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु ५ हजार ३४० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?