प्रधानमन्त्रीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

काठमाडौँ —चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् ।

जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी छन् । तर प्रधानमन्त्रीले राजीनामा माग्दासमेत उनीहरूले ढिलासुस्ती गरिरहेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी लिएका घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता गराउने निर्णायक बैठकमा खेलकुदमन्त्री गुप्ता पनि सक्रिय थिए । खरेल पनि रास्वपाको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । तर, कुनै पनि दलमा सक्रिय नभएको तीनै मन्त्रीको भनाइ छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?