रिडी मेला तथा सङ्क्रान्ति गण्डकीस्नानको तयारी अन्तिम चरणमा


पुस ३० गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगमस्थल रुरुक्षेत्र रिडीमा माघेसङ्क्रान्तिको अवसरमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल रुरुक्षेत्रधाम रिडीमा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ ।

ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघेसङ्क्रान्तिमा गण्डकी स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?