नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि, उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

पक्राउ पर्ने जुम्लाका २२ वर्षीया रतन तिरुवा हुन् ।

सुर्खेतमा अमिनको अध्ययन सकेर उनी केहीअघि काठमाडौं आएका थिए । प्रहरीलाई उनले दिएको बयान अनुसार तिरुवा लोक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका थिए ।

‘भाषणमा चित्त बुझेन, आवेशमा आएँ’

तिरुवाले प्रहरीलाई बयान दिने क्रममा प्रचण्डले दिएको भाषणबाट आफूलाई चित्त नबुझेको बताएका छन् । प्रचण्डले भाषणका क्रममा भनेको वर्ग संघर्ष सम्बन्धी कुराले आफू आवेशमा आएको उनको भनाइ छ ।

‘व्यवहार र बोलीमा एकरुपता देखिएन’, उनलेका भनेका छन् । उनले आफ्नो बुबा मुन तिरुवा दश वर्षे सशस्त्र द्वन्द्वमा मारिएको दाबी गरेका थिए ।

तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै उनको बुबा माओवादी द्वन्द्वका वेला मारिएको भन्ने विषयलाई खण्डन गरेको छ ।

साथै, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम भेटिएको छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले शहीद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?