बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

दुर्गाप्रसाद खनाल
गढवा, दाङ।

दाङ देउखुरीको गढवामा अवस्थित बुद्ध ज्योति माध्यमिक विद्यालयले अपनाे ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याप्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपाने प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। सोही क्रममा प्याप्सन लमहीका अध्यक्ष नारायण भुसाल र विद्यालयका संस्थापक प्रिन्सिपल नवराज देवकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल थानेश्वर न्यौपानेले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म प्राप्त गरेको शैक्षिक प्रगति, भौतिक संरचनाको विस्तार, सिर्जनात्मक गतिविधि, आगामी वर्षका लक्ष्य तथा योजनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।

वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरूले तयार पारेको विज्ञान तथा प्राविधिक प्रदर्शनी अतिथिहरूले अवलोकन गरेका थिए। उक्त प्रदर्शनीले विद्यार्थीहरूको नवीन सोच, अनुसन्धान क्षमतामा आएको वृद्धि तथा सिर्जनशीलतालाई स्पष्ट अभिव्यक्त गरेको सहभागीहरूले उल्लेख गरेका थिए।

कार्यक्रमका विशेष आकर्षणका रूपमा शिक्षक तथा विद्यार्थीहरूले स्वागत गान, संदेशमूलक प्रवचन, सांस्कृतिक नृत्य, कवितावाचन लगायतका विविध प्रस्तुतीहरू गरे, जसले कार्यक्रमलाई अझ जीवन्त र प्रभावशाली बनाएको थियो। अभिभावक तथा दर्शकहरूले विद्यार्थीहरूको कला, आत्मविश्वास र प्रतिभाको उच्च प्रशंसा गरेका थिए।

विद्यालयले वार्षिकोत्सवकै दिन विभिन्न शैक्षिक, खेलकुद तथा अनुशासनका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरेको थियो। साथै विद्यालयमा लामो समयदेखि समर्पित रूपमा सेवा गर्दै आएका शिक्षक–शिक्षिका उमाकान्त पान्डे, साबित्रा पौडेल (मञ्जु), पवित्रा पान्डे र लक्ष्मी पान्डेलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा शिक्षक दुर्गा प्रसाद खनालको स्वागत मन्तव्य रहेको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन शिक्षक रोशन धिताल र गीता गैरेले संयोजनसहित उत्कृष्ट रूपमा गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बुद्ध ज्योति माध्यमिक विद्यालयले सञ्चालन गरिरहेको शिक्षण–अधिगमको गुणस्तर, व्यवस्थापन, अनुशासन र समग्र प्रगतिप्रति विशेष सन्तोष व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?