भारतको उत्तर प्रदेशमा बस दुर्घटना दुई नेपालीको मृत्युसहित २४ घाइते

मङ्सिर १५: भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सोमबार राति नेपाली यात्रु बोकेको बस दुर्घटनामा परेर दुई जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा २४ जना गम्भीर घाइते भएका छन्।
बुटवलको शुभसाइत ट्राभल्स मार्फत टिकट काटेर भारततर्फ गएका ४५ जना यात्रु सवार बस (यूपी २२ एटी ०२४५) राति करिब २ बजे बलरामपुर नजिक दुर्घटनामा परेको हो। ट्राभल्सका अनुसार मृतक र घाइते सबैजसो बुटवल तथा आसपासका क्षेत्रका रहेका छन्।
दुर्घटना भारतीय ट्रकसँग बस ठोक्किएपछि भएको र त्यसपछि आगो लागेर यात्रुहरू जलेर घाइते तथा मृत्युवरण गरेको प्रारम्भिक जानकारी आएको छ।
तर, घटनाबारे नेपाल प्रहरीलाई औपचारिक सूचना भने आएको छैन। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले केही सञ्चार माध्यममार्फत खबर सुने पनि,
“बुटवलबाट गएका यात्रु चढेको बस हो कि होइन भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी छैन। अब बुझ्दैछौँ,”
भनेर प्रतिक्रिया दिएका छन्।
शुभसाइत ट्राभल्सका अनुसार भने बसमा रहेका सबै यात्रु बुटवलबाटै प्रस्थान गरेका थिए, जसका कारण मृतक र घाइतेको पहिचान त्यही क्षेत्रका हुने अनुमान गरिएको छ।
दुर्घटनाका घाइतेहरूलाई भारतकै स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ। विस्तृत विवरण भारतीय प्रहरीको छानबिनपछि आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?