विप्लवको पार्टी फुट्यो, चिरन सी महासचिव रहनेगरी ५७ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । विप्लव नेतृत्वको नेकपा फेरि पनि फुटेको छ । आजै सम्पन्न भेलाले पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई क्रान्तिकारीका विचमा एकता गर्ने निर्णय गरेको भेला लगत्तै महासचिव सीले नेपाल प्रेससँग बताए ।

उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ । भेलाले गरेका निर्णयबारे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?