नेपाल प्रेस खबर संवाददाता अमित खनाल काठमाडौ ;
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसअनुसार बिहीबार दिउँसो,सबै प्रदेशका पहाडी भू~भागमा आंशिक बदली रहँदै बाँकी भू~भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका १-२ स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि अधिकांश भू~भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू~भागका १-२ स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

