निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग छलफल सुरु, आगामी निर्वाचन तयारीमा चासो

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलहरूसँग औपचारिक छलफल सुरु गरेको छ।

आज केहीबेरअघि आयोगको केन्द्रीय कार्यालयमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमालेका गुरु बराल, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, रास्वपाका कविन्द्र बुर्लाकोटी र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी भएका छन्।

आयोगले पहिलो चरणमा २९ राजनीतिक दलहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ। ती सबै दलहरू विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरू हुन्। आयोगका अनुसार हालसम्म देशभर १ सय २४ राजनीतिक दल दर्ता रहेका छन्।

छलफलमा आगामी निर्वाचनको मिति, आचारसंहिता, मतदाता नामावली, बजेट तथा प्राविधिक तयारीका विषयमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ। आयोगले निर्वाचन तयारीमा सबै दलहरूको सुझाव र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?