काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशन मंसिर २७, २८ र २९ गते पोखरामा गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त मिति र स्थान तय गरेको हो।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव पेश गरेका थिए, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको बताइएको छ। ओलीले महाधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ राजनीतिक दिशानिर्देश तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।
महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिने र देशभरका प्रतिनिधिहरूलाई सहभागी गराउने योजना एमालेले बनाएको छ।

