मिराज ढुंगानाले प्रधानमन्त्रीलाई राखे पाँच एजेन्डा, दशैंपछि फेरि भेट्ने तयारी काठमाडौं । जेन-जी अभियन्ता मिराज ढुंगानाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र अन्य चार एजेन्डा प्रस्तुत गरेका छन्।
उनले आफूले उठाएका मुद्दामा निरन्तर दबाब दिने बताएका छन्।मिराजका अनुसार भेटमा उनले चारवटा मुख्य विषय राखेका थिए– प्रत्यक्ष निर्वाचित कार्यकारी, जेन-जीको सरकारमा प्रतिनिधित्व, भ्रष्टाचार नियन्त्रण, समयमै चुनाव सम्भावना र विदेशमा रहेका नेपालीको मताधिकार।प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा प्रधानमन्त्री कार्कीले संविधानअनुसार नहुने जवाफ दिएकी थिइन्। मिराजले भने, “तपाईंको नियुक्ति पनि संविधान अनुसार भएको होइन।
यसको लागि हामी लड्छौं, प्रत्यक्ष निर्वाचित आउनैपर्छ।”जेन-जीको प्रतिनिधित्वको विषयमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएकी थिइन् र मन्त्रीको लागि स्थान उपलब्ध हुने बताइन्। भ्रष्टाचार नियन्त्रणको विषयमा पनि सकारात्मक कुराकानी भएको मिराजले बताए।चुनाव समयमै हुने सम्भावनाबारे सोध्दा प्रधानमन्त्रीले ६ महिनाभित्र चुनाव हुने आश्वस्त तुल्याएकी थिइन्। विदेशमा रहेका नेपालीले भोट गर्न पाउने विषयमा पनि योजना बनिरहेको जानकारी दिइन्।



