
- प्यूठानको स्वर्गद्वारी नगरपालिकामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
- गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई देउरालीस्थित खोलाबाट नियन्त्रणमा लिएको हो ।
- घटनामा संलग्न ५३ वर्षीय मोहन विकसहित अन्य दुई जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा गाई काटेर मारेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
स्वर्गद्वारी नगरपालिका–३ देउराली स्थित खोलामा गाई काटेर मारेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भिंगृबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको कमाण्डको टोलिले घटनामा संलग्न रहेको आरोपमा स्वर्गद्वारी नगरपालिका–३ देउराली निवासी ५३ वर्षीय मोहन वि.क., सोही वडाको भिंगृ निवासी ४१ वर्षीय कृष्णबहादुर नेपाली र ३९ वर्षीय कासीराम नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।


