संविधान दिवस मनाउने तयारीमा सरकार, टुँडिखेलमा हुनेछ भव्य समारोह

काठमाडौं, १ असोज २०८२ । सरकारले यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेको छ। २०७२ साल असोज ३ गते जारी गरिएको संविधानको सम्झनामा प्रत्येक वर्षझैँ यसपटक पनि मुल समारोह समितिको संयोजनमा टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री नै संविधान दिवस मूल समारोह समितिको अध्यक्ष रहने परिपाटीअनुसार यसपटक पनि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा समिति गठन भई आवश्यक तयारी अघि बढाइएको छ। समितिले संविधान दिवस मनाउनका लागि सबै सरकारी निकायलाई परिपत्र गरिसकेको छ।

गृह मन्त्रालयका सहसचिव एवम् आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीका अनुसार समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संवैधानिक निकायका पदाधिकारी र विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा पठाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति पौडेल रहनेछन् भने प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नेछिन्। साथै, सैनिक मञ्च टुँडिखेलमा झाँकी प्रदर्शन, सम्मान कार्यक्रम र विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ।

काठमाडौं बाहिरका जिल्लाहरूमा जिल्ला समन्वय समिति र स्थानीय तहको संयोजनमा संविधान दिवस मनाइने तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?