सार्वजनिक बिदामा ओपीडी प्रभावित, स्वास्थ्य सेवा नखुम्च्याउन महामन्त्री पौडेलको आग्रह

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीलाई समस्या बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार ओपीडी सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवाको पहुँच कमजोर बनेको र बिरामीमाथि अतिरिक्त आर्थिक बोझ थपिएको छ।

पौडेलले आफू स्वास्थ्य मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर बिदाका दिनमा पनि सेवा सञ्चालन गर्ने व्यवस्था अघि बढाइएको स्मरण गराए। सरकारी अस्पतालमा बढ्दो भीडलाई व्यवस्थापन गर्न ओपीडीलाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवा समय विस्तार गर्ने काम सुरु गरिएको पनि उनले बताए।

त्यसैगरी, स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता, २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रिया र सेवा सुधारका योजना अघि बढाइएको उल्लेख गर्दै उनले ती सुधारलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेका छन्। महामन्त्री पौडेलले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर मात्र नागरिकमैत्री स्वास्थ्य प्रणाली सम्भव हुने धारणा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

अर्घाखाँचीमा विद्यालय समायोजन दरबन्दी मिलान संकलन कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल असार महिनाको ८ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल।

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

भारतमा फेला परयो ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

छुटाउनुभयो कि ?