कोशी,बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू~भागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भू~भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू~भागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू~भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज तातो दिन हुने सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल  लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?