शहीदहरुको सम्झनामा,आजदेखि शहीद सप्ताह सुरु

नेपालको विभिन्न राजनीतिक आन्दोलनका क्रममा प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूको सम्झनामा आजदेखि देशभर शहीद सप्ताह शुरु भएको छ।

देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ ।
शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाण्डौको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिएको छ ।

काठमाण्डौ महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डङ्गोलले शास्त्रीको शालिकमा माल्यार्पण गर्दै इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गतेका दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।
त्यही दिनको सम्झनामा हरेक वर्ष माघ १० देखि शहीद सप्ताह मनाउन थालिएको हो ।

विशेषगरी शास्त्री, माथेमा, श्रेष्ठ, चन्दको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ । १९९७ सालमा राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो ।

शहीद धर्मभक्त माथेमालाई माघ १३ मा अनि गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ मा शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?