कारागारका कैदीबन्दीलाई स्थानीय तहबाट सहयोग

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका दुई नगरपालिकाले जिल्ला कारागारका कैदीबन्दीलाई आवश्यक भौतिक सामग्री सहयोग गरेका छन्।
  • सन्धिखर्क र शितगंगा नगरपालिकाले खाना पकाउने भाँडा र सुत्ने खाट उपलब्ध गराएका हुन्।
  • कैदीबन्दीको दैनिक जीवनयापनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

कारागारका कैदीबन्दीलाई स्थानीय तहबाट सहयोग

अर्घाखाँचीस्थित जिल्ला कारागारका कैदीबन्दीको दैनिक जीवनयापनलाई सहज बनाउन सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाले आवश्यक भौतिक सामग्री उपलब्ध गराएका छन् ।

दुवै स्थानीय तहले कारागारमा खाना पकाउन आवश्यक पर्ने भाँडाकुँडा तथा कैदीबन्दीलाई सुत्नका लागि खाट हस्तान्तरण गरेका हुन्। कारागारमा आधारभूत सुविधाको अभावलाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले उक्त सहयोग गरिएको जनाइएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल तथा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी,प्रहरी नायब उपरिक्षक दिवश जिसि लगायतको सहभागिता रहेको थियो ।

सन्धिखर्क नगर प्रमुख श्रेष्ठले कारागारमा रहेका कैदीबन्दी पनि राज्यका नागरिक भएकाले उनीहरूका आधारभूत आवश्यकताको सम्बोधन गर्न स्थानीय तहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताउनुभयो ।
सहयोगबाट कारागारभित्र खाना पकाउने तथा बसोबासको व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?