सुनको भाउ बढेर तीन लाख नाग्यो

सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदी तोलामा एकैदिन २ सय ७० रुपैयाँले बढेर तोलाको ६ हजार १ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ ५ हजार ९ सय ७० रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?