आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मधेश, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ ।
आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा घटेको छ ।
आज बिहान काठमाण्डौमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो ।
आज राती भने तराई भू~भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भ~भागमा मौसम मुख्यतया सफा रहनेछ। हुस्सु~कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई-सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

