एघारौँ भजन महोत्सव रिडिमा सम्पन्न भजन प्रतियोगितामा हरि ॐ भजन समूह अर्घाखाँचीले प्रथम स्थान हासिल गर्‍यो

रुरु क्षेत्र– “धार्मिक स्थलहरूलाई संरक्षण गरौँ, पर्यटकीय आगमनमा वृद्धि गरौँ” भन्ने मूल नारासहित रुरु क्षेत्रधाममा आयोजित येघरौँ भजन महोत्सव, शंख–बादन प्रतियोगिता तथा दीप प्रज्वलन कार्यक्रम–२०८२ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

श्री रुरु धार्मिक सेवा सञ्चार प्रा. लि. (स्थापना–२०७१) द्वारा आयोजना गरिएको यो कार्यक्रमले धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा कालीगण्डकी नदी किनारमा दीप प्रज्वलन, उत्कृष्ट कृषक तथा पत्रकार सम्मान तथा भजन–शंखबादन प्रतियोगिता रहेका थिए। विभिन्न क्षेत्रका कृषक र पत्रकारहरूलाई सम्मान गरिँदा वातावरण उत्साहित बनेको थियो।

भजन महोत्सवमा ८ वटा भजन समूहहरूको प्रतिस्पर्धा भएको थियो। तीमध्ये हरि ॐ भजन समूह डिभर्ना अर्घाखाँचीले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भयो।
समूहका सदस्यहरूले धार्मिक सुरताल, प्रस्तुति शैली र भजन मार्मिकतामार्फत दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए।

आयोजक संस्थाका अनुसार रुरु क्षेत्रधामलाई धार्मिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तरता दिइनेछ।कार्यक्रममा स्थानीय बासिन्दा, भक्तजन, कृषि तथा सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, तथा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?