फ्याँक्नु हुन्छ कागतीको बोक्रा ? यसरी गर्नुस् प्रयोग।

सारांश

कागतीको बोक्रा स्वास्थ्यका लागि लाभदायक हुन्छ, जसमा भिटामिन र एन्टीअक्सिडेन्ट गुणहरू हुन्छन्।

कागतीको बोक्राले तौल घटाउन, छालाको समस्या समाधान गर्न, हड्डी बलियो बनाउन र कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ।

कागतीको बोक्रामा पाइने पेक्टिन र क्याल्सियमले स्वास्थ्यमा विभिन्न फाइदा पुर्‍याउँछ।

काठमाडौँ । कागती खानु शरीरको लागि फाइदाजनक छ । यसको बोक्रा पनि निकै फाइदाजनक हुन्छन् । तर के तपाईँले कहिले कागतीको बोक्राको फाइदाहरूबारे सुन्नुभएको छ ? स्वास्थ्यको लागि कागती मात्रै होइन यसको बोक्रा पनि वरदान हो । भिटामिन ए, भिटामिन सी, पोटासियम, क्याल्सियम र फाइबर जस्ता तत्त्वहरूले भरिपूर्ण यी बोक्राहरूले शरीरलाई असङ्ख्य फाइदाहरू प्रदान गर्दछन् । यसबाहेक पनि यी बोक्राहरूमा एन्टिअक्सिडेन्ट गुणहरू पनि छन् जुन छालाको लागि लाभदायक मानिन्छ । आजको यस लेखमा हामी कागतीको बोक्राका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

तौल घटाउन:

कागतीको बोक्रामा पेक्टिन नामक पदार्थ प्रशस्त मात्रामा पाइन्छ, जसले तौल घटाउनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यदि तपाईं पनि तौल घटाउने यात्रामा हुनुहुन्छ आफ्नो मोटोपना कम गर्न तपाईँले कागतीको बोक्रा राखेर बनाइएको चिया पिउन सक्नुहुन्छ ।

छालाको समस्यामाः

कागतीको बोक्रामा प्रशस्त मात्रामा पोलिफेनोल पाइन्छ, यसमा एन्टी–एजिंग र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसको सेवन छालाको लागि फाइदाजनक साबित हुन सक्छ । छालासँग सम्बन्धित समस्याहरूबाट पीडित व्यक्तिका लागि यी बोक्रा फाइदाजनक हुन सक्छन् ।

कागतीको बोक्रामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ, जुन हड्डीहरूलाई बलियो बनाउन आवश्यक छ । यी बोक्राहरूको नियमित सेवनले ओस्टियोपोरोसिस जस्ता समस्याहरूबाट छुटकारा पाउन मद्दत मिल्छ ।

कोलेस्ट्रोलः

यी बोक्राहरूको सेवन कोलेस्ट्रोलका बिरामीहरूका लागि पनि फाइदाजनक छ । कागतीको बोक्रामा पाइने पेक्टिनमा हाइपोकोलेस्ट्रोलेमिक प्रभाव कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छ । यी बोक्राहरूको सेवन मुटुका बिरामीहरूका लागि लाभदायक साबित हुन सक्छ ।(अस्वीकरणः यो सामाग्री सामान्य जानकारीका लागि अनलाइन सामाग्रीको सहयोगबाट तयार पारिएको हो । कुनै पनि हिसाबले यो योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि सधैं विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?