ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रण, हवाई सेवा सुरु।

बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो

२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिएपछि हवाई सेवा पुन: सुरु भएको छ । सरकारले आगलागीको घटनाको छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।स्थानीय समय अनुसार शनिबार दिउँसो २:१५ बजे हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको थियो । आगलागीमा मानवीय क्षति भएको छैन । हवाईजहाजहरु पनि सुरक्षित छन् ।

दमकलको सहयोगमा शनिबार राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो । त्यतिबेलैदेखि हवाई सेवा सुरु भएको हो।आगलागीको कारण पत्ता लगाउन छानबिन सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?