गृहमन्त्री अर्यालले भने,‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ ।’

३१ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताएका छन् ।७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दु:ख व्यक्त गरे ।
गृहमन्त्री अर्यालले भने,‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ ।’
अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गरे ।‘मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो,’ अर्यालले भने, ‘प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् ।
‘मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो,’ अर्यालले भने, ‘प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् ।