कृष्णनगरबाट पुना जान हिडेका ५ जना यात्रु लाइ सोनी ट्राभल्सले टिकट दिएर पनि अलपत्रमा पारेको छ । करिब ३२ घण्टा लामो सफरमा दुइ जनाको सिटमा चार जना राखेर लैजाने गरेको र यात्रु हरुको चर्को गुनासो रहदै आएको छ ।
अर्घाखाँची बाट पुना जान हिडेका एक जना यात्रुले भने – हामी घर बाट सुभ साहित सारेर हिड्छौ तर २५०० भा.रु.को टिकट काटेर पनि बस्ने ठाउँ हुँदैन , हामी अन्यायमा परेयौ ! हिजो मिती २०८२ |६|२४ गते साझ करिब ७ बजे गाडी छुट्नै लागेको थियो अर्घाखाँचीबाट पुना जानको लागि हिँडेका पाँच जना यात्रुहरूले टिकट काटेर पनि गाडीमा जान पाएनन् । यात्रु हरुलाई एसरी अलपत्रमा पारेर दुख: सास्ती दिनुले सोनी ट्राभल माथी विश्वासिता ह्वात्तै घटेको छ र गम्भिर प्रश्न खडा भएको छ । टिकटमा सिट कम्फर्म भए पनि बस भित्र गएपछी फेरी तल झारियो र सिट छैन भनियो । यी र एस्ता ब्यवहार पटक- पटक हुदै आएको धेरे जना यात्रुले गुनासो गर्दै हामी बाध्य छौ तर हाम्रो बाध्यताको सिधा फाइदा ट्राभलले उठायो यात्रु हरुले गुनासो मार्फत पोखे ।
प्राय गरेर गुल्मी, प्युठान ,दाङ , अर्घाखाँची बाट रोजगार गर्न भारत जाने कामदार हरुले यो “सोनी” ट्राभल्समा यात्रा गर्ने गर्दछन् । तर चर्को भाडा असुली र अब्यवस्थित यात्राले भने यात्रु सधै मारमा परेको गुनासो रहदै आएको छ । छिटो , छरितो र सस्तो लोकप्रियताले भने आम यात्रुमा निरासा मात्र हैन सास्ती र चुनौती खडा गरेको छ । हामीले सोनी ट्राभल्सका सन्चालका भिम सोनी सग भेट्न चाहादा वहाँ भेट्न चाहनु भएन । यी र एस्ता प्रश्नको जवाफ बाट पन्छिन खोजेको देखिन्छ । सोझा नेपालीले जे भनेपनि र जसो गरे पनि हुन्छ भन्ने मानसिकता बाट केही सुधार गर्न सके र यात्रुहरुको पिडा बुझ्न सके यो लामो सफर र आफु माथी उभिएको प्रश्न चिर्न सकिन्छ की !
उसो त पुना / बम्बई जाने यात्रुको लागी रेलको पनि भरपुर सुबिधा रहेका छन । यो सुबिधालाई उपयोग गर्न सके यो बसमा आइपर्ने सास्ती बाट छुटकारा पाइ रेलको शुभ यात्राको प्रयोग गर्न सकिनेछ ।


