आज मिति २०८३ साल भदौ महिनाको २ गते मङ्गलबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष देखि मिथुन राशिका लागि काममा सफलता र उत्साहजनक दिन रहनेछ।
  • कर्कट देखि तुला राशिका व्यक्तिहरूले आर्थिक लाभ र सामाजिक प्रतिष्ठा कमाउनेछन्।
  • वृश्चिक देखि मीन राशिका लागि यात्रा र नयाँ कामको अवसरसँगै स्वास्थ्यमा ध्यान दिनुपर्नेछ।

नेपाल प्रेसखबर २०८३ भदौ २ गते मंगलबार, तदनुसार १८ अगस्ट २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेषः रोकिएका पुराना कामहरू बन्नेछन् भने नयाँ कामको थालनी गर्न पनि राम्रो समय छ । परिवारसँगको सम्बन्ध अझै सुमधुर हुनेछ । आजको दिन तपाईंको लागि निकै ऊर्जावान रहनेछ ।


वृषः साथीभाइ र आफन्तको सहयोगले मनमा उत्साह थपिनेछ । खानपान र स्वास्थ्यको भने थोरै ख्याल गर्नुहोला । आर्थिक दृष्टिकोणले दिन निकै राम्रो छ ।

मिथुनः समाजमा तपाईंको कामको प्रशंसा हुनेछ । छोटो यात्राको अवसर मिल्न सक्छ, जसले मनलाई आनन्दित बनाउनेछ । रचनात्मक र सिर्जनात्मक काममा मन जानेछ ।


कर्कटः आम्दानीका नयाँ बाटाहरू खुल्नेछन् । कामको चाप अलि बढी हुन सक्छ, तर मिहेनतको फल निकै राम्रो मिल्नेछ । घरपरिवारमा खुशीको माहोल छाउनेछ ।

सिंहः व्यापार व्यवसायमा राम्रो फाइदा हुने देखिन्छ । प्रियजनसँग भेटघाट हुँदा दिन निकै रमाइलो गरी बित्नेछ । नेतृत्व गर्ने क्षमता बढ्नेछ ।


कन्याः तपाईंको कुराले अरूलाई सकारात्मक प्रभाव पार्नेछ । पढाइ र लेखनको क्षेत्रमा सफलता मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ ।


तुलाः मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ । खर्चमा अलि नियन्त्रण गर्नुपर्ने देखिन्छ । तर, बौद्धिक र सामाजिक कामबाट राम्रो सफलता हात पर्नेछ ।

वृश्चिकः वैदेशिक यात्रा वा नयाँ कामको सोचमा हुनुहुन्छ भने समय अनुकूल छ । स्वास्थ्य राम्रो रहनेछ । नयाँ साथीहरूसँग चिनजान हुनेछ र सम्बन्धहरू गाढा बन्नेछन् ।


धनुः मिहेनत अनुसारको सफलता मिल्नाले मन प्रसन्न हुनेछ । परिवारका सदस्यहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ । कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी थपिन सक्छ ।


मकरः आध्यात्मिक र परोपकारको कार्यमा पनि मन जानेछ । भाग्यले साथ दिनेछ । रोकिएका पुराना कामहरू सजिलै पूरा हुनेछन्

कुम्भः खानपान र विश्राममा ध्यान दिनुहोला । आर्थिक कारोबार गर्दा भने अलिकति सजग रहनु राम्रो हुनेछ । स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्ने दिन छ ।


मीनः व्यापारबाट राम्रो आम्दानी हुनेछ । नयाँ योजना बनाएर काम थाल्नको लागि भोलिको दिन निकै शुभ छ । दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुखमय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?